जोमसोम–कोरला सडक स्तरोन्नति अन्तिम चरणमा

Shreekrishna hardware

जोमसोम । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत जोमसोम– कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोम देखि चिनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले बि.स. २०७३÷७४ देखि सात वटा खण्डमा ठेक्का लगाएको थियो ।

आयोजनाका प्रमुख जगत प्रजापतीले चराङ–छोसेर २५ किलोमिटर बाहेक अन्य छ वटा प्याकेजको ७५ किलोमिटर सडक बिस्तार, पर्खाल, नाली निर्माण, घुम्ति र ग्रेड सुधार गरि ग्राभेल गर्ने काम सकिएको बताउनुभयो ।

Shreekrishna

“जोमसोम–कोरला खण्डको ६ वटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ,” उहाँले भन्नुभयो “ढिलासुस्तिले प्रभाबित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण ब्यवसायीलाई ताकेता गरिरहेका छौ ।”

Ban devision notice

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु. दुई अरब ६ करोड बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेदेखि चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेदेखि भेनासम्म ११ किलोमिटर कान्छाराम कोशी एन्ड न्यौपाने जेभी र भेनादेखि झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।

झैते–चराङ १९ किलोमिटर कञ्चनजंघा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । तामाङ गौरी पार्वती कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन बर्षदेखि काम भएको छैन् ।

उक्त खण्डका लागि रु. २४ करोड बजेट विनियोजन भएकोमा रु. १५ करोड मात्र खर्च भएको छ । ६५ प्रतिशत निर्माण सकिएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको हुन बाँकी छ ।

लामो समयदेखि सो खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको रु. एक करोड ९ लाख मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतीले बताउनुभयो ।
भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत्र महिनाभित्र काम सक्न समयसिमा दिएको छ । सरकारले दिएको अवधिमा पनि निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको यस सडक खण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ । आयोजनाका अनुसार समरको भीर, झो खोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ । घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर बैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...