ताकममा ब्यवसाय दर्ता तथा नबिकरण शिबिर

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा सोमबार ब्यवसाय दर्ता तथा नबिकरण शिबिर शुरु भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाईले सरोकारवाला कार्यालयसँग समन्वय गरेर आयोजना गरेको शिबिरको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

उहाँले उद्योग, ब्यवसाय दर्ता नबिकरण र कर नीतिका बारेमा जानकारी गराउन शिविर प्रभावकारी हुने बताउनुभयो । आन्तरिक राजस्व कार्यालय बागलुङ, कोष तथा लेखा नियन्त्रकको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय म्याग्दी, धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग बाणिज्य संघसँग समन्वय गरेर शिबिर आयोजना गरिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

दुई दिनसम्म सञ्चालन हुने शिबिरमा उद्योग तथा ब्यवसाय, पान दर्ता, मदिरा ब्यापार दर्ता, नबिकरण, परामर्श सम्बन्धी सेवा दिइने म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजाई इकाइका सभापति तेजिन्द्र थापाले बताउनुभयो ।

शिबिरमा कर अधिकृत शालिकराम आचार्य, कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति छ । उद्घाटन कार्यक्रमको सञ्चालन नरेश पौडेलले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...