म्याग्दीका चार जना एमाले नेताले पाए जिम्मेवारी

Gandaki Pardesh notice

बेनी । नेकपा एमालेमा म्याग्दीका चार जना नेताले आइतबार जिम्मेवारी पाएका छन् ।

काठमाडौमा सम्पन्न केन्द्रिय कमिटीको बैठकले थममाया थापा, भुपेन्द्र थापा, नरदेबी पुन र नवराज शर्मालाई बिभिन्न पदमा जिम्मेवारी दिने निर्णय गरेको हो ।

बि.स. २०७० को संबिधानसभा सदस्यमा निर्बाचित नवराज शर्मा एमालेको गण्डकी प्रदेश अध्यक्ष चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

२०४१ देखि अनेरास्ववीयुबाट राजनीतिक यात्रा शुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म अनेरास्ववीयुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहनुभएको थियो ।

२०५४ मा जिबिस म्याग्दीको सभापति रहेका शर्मा यसअघि एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । केन्द्रिय सदस्य थममाया थापा स्थायी कमिटी सदस्यमा चयन हुनुभएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा म्याग्दी जिल्ला इञ्चार्ज र प्रदेशसभा सदस्य तथा पुर्ब मन्त्री नरदेबी पुन म्याग्दी जिल्ला सहइञ्चार्जमा चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...