धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

Gandaki Pardesh notice

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब सभाका सदस्यहरुले छलफल पछि पारित भएको थियो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।

Shreekrishna hardwear in news

महालेखा परिक्षकको कार्यालयको निर्देशन अनुसार गाउँपालिकाले योजना कार्यान्वयनका लागि गठन हुने उपभोक्ता समितिलाई पनि दर्ता गरेर सम्झौताको तयारी गरेको छ । उपभोक्ता समितिलाई जवाफदेही र जिम्मेवार बनाउन दर्ता गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बाडफाँट गर्न बाँकी रु. तीन करोड ७० लाख बजेट चालु आर्थिक बर्षका लागि ५५ वटा योजना तथा कार्यक्रममा बिनियोजन गरेको छ । यसअघि गत असारमा भएको बाहै गाउँसभाले सामाजिक सुरक्षा भत्ता सहित चालु आर्थिक बर्षका लागि रु. ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको थियो ।

उपाध्यक्ष रेशम छन्त्यालले क्रमागत अधुरा योजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । लुलाङको वडा कार्यालय भवनलाई पूर्णता दिन रु. ४० लाख र ताकमको वडा कार्यालय भवनलाई पुर्णता दिन थप रु. १६ लाख बिनियोजन भएको छ ।

वडा अध्यक्षले सिफारिस गर्ने योजनाका लागि सात वटै वडामा रु. दश÷दश लाखका दरले बिनियोजन भएको छ । संघीय र प्रदेश सरकारको खातामा फिर्ता गर्नुपर्ने रु. ३५ लाख बजेट पनि सभाले बिनियोजन गरेको छ ।

गत असारमा बजेट बिनियोजन भएका केही योजना तथा कार्यक्रमहरुको बजेट शिर्षकान्तर र रकमान्तर गर्ने प्रस्ताव पनि गाउँसभाले गरेको छ । लेखा समितिको बैठक बस्न नसक्दा कार्यसूचीमा राखिएको बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब सभामा पेश भएन्् ।

लेखा समितिको संयोजकमा प्रस्ताब गरिएका वडा नम्बर १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल र वडा नम्बर ५ की अध्यक्ष खर्ककुमारी छन्त्याल लगायत दुई वटा वडाका जनप्रतिनिधीले बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै फरक मत राख्दै आउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...