काँग्रेसको केन्द्रिय सदस्यमा म्याग्दीका रेशम बानियाको उमेद्वारी

Gandaki Ghumau

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि म्याग्दीका नेता रेशमबहादुर बानियाले मनोनयन दर्ता गर्नुभएको छ ।

शनिबार दिउँसो जिल्ला सभापति खम्बिर गर्बुजा, महाधिबेशन प्रतिनिधी र कार्यकर्ताहरुको साथमा मनोनयद दर्ता गराउनुभएको हो । बानियाले शेखर कोइराला प्यानलबाट गण्डकी प्रदेशको कोटामा केन्द्रिय सदस्यको उमेद्वार बन्नुभएको हो ।

उमेद्वारी दर्तासँगै म्याग्दीबाट गएका नेता कार्यकर्ताहरु बानियालाई भोट माग्न प्रचारप्रसारमा जुटेका छन् । नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति बानिया २०७० को दोस्रो संबिधानसभाको मनोनित सदस्य बन्नुभएको थियो ।

Shreekrishna

बानिया काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ । जिल्लाको समग्र बिकासका लागि म्याग्दीको प्रदेश र केन्द्रिय तहमा राजनीतिक पहुँच बढाएर पार्टी र संगठनलाई बलियो बनाउन उमेद्वार बनेको नेता बानियाले बताउनुभयो । बानियाले केन्द्रिय सदस्य जितेमा म्याग्दीको केन्द्रिय राजनीतिमा पहुँच स्थापित गराउन काँग्रेसको १४ औ महाधिबेशन उपलब्धिमुलक बन्ने अपेक्षा गरिएको छ ।

नेबिसंघको संस्थापक जिल्ला सभापति, नेपाली काँग्रेस म्याग्दीको संस्थापक रहेका बानिया तत्कालीन अर्थुङ्गे गाबिसको अध्यक्ष, जिल्ला सचिब, उपसभापति र सभापति बनेका थिए । ‘म्याग्दीबाट काँग्रेसको केन्द्रिय समितिमा अहिलेसम्म प्रतिनिधित्व भएको छैन,’ उहाँले भन्नुभयो ‘जिल्लाको केन्द्रसँग राजनीतिक पहुँच बढाएर समग्र बिकासमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाउदछु ।’

Gunasthariya Shiksya

काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...