जेसिजकपको उपाधीका लागि वेष्ट पोइन्ट र बुद्ध भिड्ने

Sinchai Khanipani notice

बेनी । जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उपाधीका लागि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माबि र बुद्ध एकेडेमी भिड्ने भएका छन् ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतियोगिताको सेमिफाइनलमा वेष्ट पोइन्टले केबी एकेडेमी दरबाङ र वुद्धले किसानी माबी धारापानीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

वेष्ट पोइन्टले केबीलाई शून्यका बिरुद्ध तीन र वुद्धले किसानीलाई शून्यका बिरुद्ध दुई गोल गरेका थिए । वेष्ट पोइन्ट र बुद्ध १८ औ जेसिजकपको बिजेता र उपबिजेता हुन् । आइतबार बिहान ८ बजे प्रिम्याच कन्फरेन्स र १० बजेदेखि प्रतिस्पर्धा हुने म्याग्दी जेसिजका अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दी जेसिजको मुल आयोजनामा मंसिर २१ गते उद्घाटन र २२ गतेदेखि खेल शुरु भएको थियो । प्रतियोगितामा २१ वटा बिद्यालयले सहभागिता जनाएका जेसिजकपका संयोजक कुमार बानियाले बताउनुभयो ।

प्रतियोगितामा बिजेतालाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ प्रदान गरिने भएको छ । उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने जेसिजले जनाएको छ ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद दुई हजार पाँच सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ । अनुशासित टिमलाई नगद सात हजार ७७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ् ।
जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ । होटल याक र नमस्ते टे«ड टाइटल स्पोन्सर बनेको प्रतियोगितामा नरेश मोवाइल सेन्टर र मिनबहादुर बिश्वकर्मा स्मृति कोषले प्रायोजन गरेका छन् । हरेक बर्ष आयोजना हुदै आएको प्रतियोगिता गत बर्ष कोरोनाका कारण हुन सकेको थिएन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...