फोनिज म्याग्दीमा साधन राम्जाली

Add Samajik bikash office

बेनी । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट राम्जालीको अध्यक्षतामा फोनिजको कार्यसमिति सर्बसम्मत चयन भएको हो ।

उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिबमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्बुजा र सहसचिबमा मनु थापामगर चयन हुनुभएको छ । सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ, दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन, प्रदेश प्रतिनिधीमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधीमा हिरामोती जुग्जाली चयन हुनुभएको छ ।

अधिबेशनको उद्घाटन गर्दै शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले संबिधानले आदिवासी जनजातीहरुलाई दिएको अधिकार र सुबिधा प्रयोग गर्न सक्षम जनशक्ति तयार हुनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

समावेशी ब्यवस्थाको उपभोग गरेर आदिवासी जनजातीहरु बिकासको मुल धारमा पुग्न अग्रसर बन्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पत्रकारिताप्रति आकर्षण बढाउन, टिकाउन र क्षमता बिकासमा जोड दिनुभयो ।

प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानिया र प्रेस सेन्टरका जिल्ला उपाध्यक्ष पदम बिश्वकर्माले पत्रकारिताको बिकास र प्रर्वद्धनका लागि सम्बद्ध सबै संगठनहरुको सहकार्य आवश्यकता रहेको बताउनुभयो ।

साधन राम्जालीको अध्यक्षता, समिर रोकाको सञ्चालन र मनु थापामगरको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...