दुखुमा स्वास्थ्य शिबिर

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो दुखुमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

गाउँपालिका, वडा कार्यालय र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा बिहिबार भएको शिबिरमा ५५ जनाले सेवा लिएका छन् ।

कोरोना भाइरस सँग मिल्दाजुल्दा लक्षण सहितका रुघाखोकीका बिरामी देखिएपछि मालिका आधारभूत बिद्यालयका प्रअ पहलबहादुर रोकाले शिबिरका लागि अनुरोध गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वडा अध्यक्ष सन्तोष सुबेदीको नेतृत्व र हेल्थ असिस्टेन्ट यमन नेपालीको संयोजकत्वमा भएको बिशिरमा डाक्टर साइदिप घिमिरे लगायत स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य परिक्षण, परामर्श र औषधी बितरण गरेको थियो ।

सात जनाको एन्टिजिन बिधीबाट कोरोना परिक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण नदेखिएको हेल्थ असिस्टेन्ट नेपालीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...