जलजलामा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको समापन

Gandaki Pardesh notice

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।

हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म मनाइने अभियानको अन्तिम दिन गाउँपालिकाको आयोजनामा सचेतनामुलक अन्तरक्रिया गरिएको छ । गाउँपालिकाको कार्यालय परिसरमा सन्देशमुलक ब्यानर राखिएको, पर्चा बितरण र सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

Bhautik ministry notice about road

अभियानको समापनको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास अधिकृत लिलाधर सुबेदीले लैङ्गिक हिंसाका कारण, यसको असर, कानुनी प्रक्रिया र न्युनीकरणका उपायका बिषयमा अभिमुखीकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष गोबिन्द खत्रीको अध्यक्षतामा शुरु भएको कार्यक्रमको समापन वडा न. ४ का अध्यक्ष भिष्म मल्लले गर्नुभएको थियो । वडा अध्यक्ष खत्री र मल्लले जातीय बिभेद, लैङ्गिक हिंसा, बालबिवाह जस्ता सामाजिक समस्या न्युनीकरणका लागि गाउँपालिकाले शिक्षामा पहुँच बढाउन, महिलालाई आयआर्जनमुलक ब्यवसायमा संलग्न गराउने र सचेतना अभिबृद्धीमा जोड दिएको बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य लक्ष्मी हमाल, जलजलाका सचिब नबिन जिसी, एमालेका निलकण्ठ सुबेदी, माओवादी केन्द्रका पुर्ण दमाई, एकिकृत समाजवादी पार्टीका चन्द्रबहादुर लामिछाने, हिमशिखर युवा क्लबका कुमारी पुन र मिना रेग्मीले आफूले पनि हिंसा नगर्ने र हिंसा नसहने संस्कार अपनाउनुपर्ने बताउनुभयो ।जलजला गाउँपालिकाको महिला शाखा प्रमुख लक्ष्मी आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य माया रिजालले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...