लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड

Gandaki Pardesh notice

बेनी । बेनीमा शुक्रबार भएको एक कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड दिनुभएको छ ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा मानव अधिकार दिवसको अवसरमा भएको कार्यक्रममा सहभागीहरुले शिक्षा, चेतना र कानुनी उपचारका माध्यमबाट हिंसा न्युनीकरण गर्नुपर्ने बताउनुभएको हो ।

सामाजिक बिकास कार्यालय, म्याग्दीको समन्वयमा मानवअधिकारको क्षेत्रमा क्रियाशिल बिभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग, यसले युवाहरुमा पारेको प्रभाव, निम्त्याउन सक्ने असर, जिल्लामा मानव अधिकार र लिङ्गक हिंसाको बस्तु अवस्थाका बिषयमा छलफल भएको थियो ।

Shreekrishna hardwear in news

सहभागीहरुले बालबिवाह, बलात्कार, जातीय छुवाछुत, बैदेशिक रोजगारका नाममा बढ्दो ठगी, पारिवारिक बिचलन र बिखण्डन लगायतका कारण मानव अधिकारमा चुनौति देखिएको बताएका थिए । हिंसा न्युनीकरणका लागि पिडितलाई न्याय र पिडकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, आयआर्जन, शिक्षा र सचेतना अभिबृद्धीमा जोड दिने बताइएको थियो ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ, सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापा र मानब अधिकार तथा शान्ति समाजका शाखा अध्यक्ष सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो ।

दिदिबिहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, महिला अधिकार मञ्चका उपाध्यक्ष निरमाया मिजारको सञ्चालन र दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वय अधिकारी जानुका सुबेदीले गर्नुभएको थियो ।

सो अवसरमा दिदिबहिनी सहकारीको मुठ्ठिदान अभियानबाट बेनपा –७ की जेष्ठ नागरिक भिमकुमारी गौचनको उपचारका लागि रु. पाँच हजार ५५५ उहाँकी छिमेकी रुपा मल्ललाई हस्तान्तरण गरिएको थियो । गौचन दुर्घटनामा घाइते हुनुभएको थियो ।

यसैगरी दिदिबहिनी सहकारीकै रुबिना स्मृति कोषबाट बेनपा–५ भिरमुनीको पौलत्स्य माबिका छात्रा शिवानी खत्रीको उच्च शिक्षाका लागि रु. पाँच हजार ५५५ उपलब्ध गराइएको थियो । बि.स. २०७३ मा दिवंगत भएकी रुबीना गैरेको सेयर, संस्थाको रु. दश हजार र परिवारले गरि रु. पचास हजारको अक्षयकोष स्थापना गरिएको थियो । कोषबाट आत्महत्या अन्तिम बिकल्प नभएको सन्देशमुलक कार्यक्रम पनि गरिदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...