अतिक्रमित संरचना हटाउन अटेरी

Sinchai Khanipani notice

बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन ब्यवसायीले अटेरी गरेका छन् ।

बेनी नगरपालिकाको आयोजनामा मंसिर १४ गते भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन मंसिर २१ गतेसम्मको समय दिएको थियो ।

अधिकांश ब्यवसायीले अटेरी गरेपछि बिहिबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राना, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, बेनपा ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र ८ का अध्यक्ष रामकृष्ण बराइली सहितको टोलीले अनुगमन गरि निर्देशन दिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ट्राफिक प्रहरी र उद्योग बाणिज्य संघका प्रतिनिधी पनि अनुगमनमा सहभागी थिए । होटल, फेन्सी, खाद्यान्न, फलफूल ब्यवसायीलाई घर भन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न निर्देशन दिएको छ ।

केही ब्यवसायीले भने तोकिएको समयसिमा भित्र सामान र अतिक्रमित संरचना हटाएका छन् । न्युरोडमा सडकमा गाडिएका टेलिकमका पोल हटाइएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

। बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निर्णहरु कार्यान्वयनको अभावले बेनी बजार अब्यवस्थित र ब्यवसायीको सामानहरुले सडकहरु साघुरो हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । दुर्घटनाको जोखिम बढेको र बजार भित्र सवारी जाम हुने समस्या छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...