जनप्रिय माबिको भवन निर्माण शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा रहेको जनप्रिय माबिको १६ कोठे भवन निर्माण शुरु भएको छ ।

गोर्खा वयलफेयर संस्थाको सहयोगमा दरबाङको छ्यारछ्यारेमा भवन निर्माण शुरु भएको हो । बिद्यालयका प्रअ दिवाकर सुबेदीले कुल रु. दुई करोड ७५ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न गोर्खा वयलफेयरले ९० प्रतिशत सहयोग गर्ने सम्झौता भएको बताउनुभयो ।

बाँकी दश प्रतिशत लागत बिद्यालय आफैले ब्यहोर्ने भएको छ । भवन निर्माणका लागि पहिलो चरणमा जग्गा ब्यवस्थापन भएको छ । छिट्टै भवन निर्माण शुरु गरिने प्रअ सुबेदीले बताउनुभयो । गोर्खा वयलफेयरले बेलायत सरकारको सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, झोलुङ्गे पुलका आयोजना सञ्चालन गर्दै आएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भवन निर्माणका लागि मालिका गाउँपालिका–५ देबिस्थानमा जन्मिएका बेलायतको सेवा निबृत्त गोर्खा सैनिक क्याप्टेन जितबहादुर घर्तिले समन्वय गर्नुभएको थियो । दुई तले भवनमा १६ वटा कोठा रहनेछन् । उपल्लो दरबाङमा हाल भएको भवन साँघुरो भएपछि छ्यारछ्यारेमा बिद्यालय स्थानान्तरण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो ।

कक्षा १२ सम्म पठनपाठन हुने जनप्रिय माबिमा ६०० जना भन्दा बढी बिद्यार्थी छन् । प्राथमिक तह म्याग्दी नदीको कटानको जोखिममा रहेको खेलमैदानमा रहेका भवनबाट सञ्चालन भएको छ । सरकारले कक्षा ११ र १२ को पठनपाठन बिहानमा सञ्चालन नगर्न निर्देशन दिएपछि एकैसाथ सबै कक्षा सञ्चालन गर्न समस्या भएको थियो ।

छ्यार छ्यारेमा गत बर्ष राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चार कोठे भवन निर्माण भइसकेको छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा निर्माण भएको चार कोठे भवन प्रयोगमा आउन सकेको छैन् । नयाँ भवन निर्माण भएपछि सबै प्रयोगमा ल्याएर कक्षा सञ्चालन गर्ने बिद्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...