बेनी–पोखरेबगर–शिख सडकमा गाडी भाडा समायोजन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै वडा नम्बर ५ शिख जोड्ने सडकमा चल्ने गाडीको भाडा समायोजन भएको छ ।

शिखको न्यु कान्छिबाराही र तल्लो गाउँ युवा क्लबको अगुवाईमा बिहिबार शिखमा भएको यातायात ब्यवसायीहरुसँगको बैठकले गाडी भाडा समायोजन गरेको हो ।

न्यु कान्छिबाराही युवा क्लबका अध्यक्ष बिसन रानाले क्लबले अगुवाई गरेर भाडा समायोजन गरिएको बताउनुभयो । स्थानीयबासीले सम्बन्धित निकायमा गुनासो गर्दा सुनुवाई नभएपछि क्लबले यातायात ब्यवसायीलाई छलफलमा बोलाएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी देखि शिख सम्मको प्रतिबयक्ति रु. ६५० र पोखरेबगर देखि शिख सम्मको रु. तीन सय भाडा कायम गरिएको रानाले बताउनुभयो । यसअघि बेनी देखि शिखसम्म प्रतिब्यक्ति रु. सात सय देखि आठ सय र पोखरेबगर देखि शिखसम्म प्रतिब्यक्ति रु. ४०० देखि ५०० भाडा लिने गरेका थिए ।

११ किलोमिटर दुरीको पोखरेबगर देखि शिख जोड्ने सडक स्तरोन्नति गरेर ग्राभेल गर्ने काम अन्तिम चरणमा छ । बेनी–पोखरेबगर खण्डको अधिकांश ठाउँमा पनि स्तरोन्नति भएको छ । बैठकमा सहभागी शिखमा चल्ने यातायात ब्यवसायीहरुले भाडादर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

बेनी–पोखरेबगर–शिख रुटमा दैनिक १० वटाको हाराहारीमा बोलेरो जिप चल्छन् । शिख, देउराली र तल्लोगाउँका करिब दुई सय घरधुरी भाडादरबाट प्रत्यक्ष लाभान्वित हुने छन् । शिख हुदै घोडेपानीतर्फ जाने यात्रुहरुलाई पनि यसबाट राहत मिल्नेछ् ।

अन्नपूर्ण गाउँपालिकाको अन्य वडाका सर्बसाधारणले पनि गाडी भाडादर महँगो भएको गुनासो गरेका छन् । यातायात ब्यवसायीहरुले भने सडक जिर्ण, इन्धनको मूल्यबृद्धी र थोरै संख्यामा यात्रु बोक्नुपर्दा राजमार्गको तुलनामा बढी भाडा हुनु स्वभाविक भएको बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...