लो–घेकर दामोदरकुण्डका पाँच वटा वडा कार्यालय भवन उद्घाटन

Sinchai Khanipani notice

जोमसोम, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सबै वडाको भवन निर्माण भएको छ ।

पाँच वटै वडाको कार्यालय भवन निर्माण भएको हो । गाउँपाकिलाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु)ले सबै वडा कार्यालय भवनको उद्घाटन गरिएको जानकारी दिनुभयो ।

“यही मङसिर २० र २१ गते पाँच वटै वडा कार्यालयको भवन उद्घाटन गरेर औपचारिक रुपमा प्रयोगमा ल्याएका छौ,” उहाँले भन्नुभयो “गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम साठी प्रतिशत सकिएको छ ।”

Shreekrishna hardwear in news

वडा नम्बर १ को चराङ, २ को घमी, ३ को घिलिङ, ४ को सुर्खाङ र ५ नम्बर वडाको ताङग्यामा भवन निर्माण भएको छ । १ नम्बर वडाको भवन जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्यामो गुरुङले र अन्य भवन गाउँपालिका अध्यक्ष बिष्टले उद्घाटन गर्नुभएको थियो । केही भवन यसअघिनै प्रयोगमा आएका थिए । कोरोनाको जोखिमका कारण उद्घाटन रोकिएको थियो ।

गाउँपालिका अध्यक्ष बिष्टका अनुसार उपभोक्ता समिति मार्फत आर्थिक बर्ष २०७५÷७६ मा शुरु भएको वडा कार्यालयहरुको भवन निर्माण कार्यले यसै आर्थिक बर्षमा सकिएको हो । एकै किसिमको डिजाइन भएका एक तले सबै भवनमा छ÷छ वटा कोठा छन् ।

Bhautik ministry notice about road

स्थानीय डिजाइन, निर्माण सामग्रीको प्रयोग गरेर मौलिकता झल्कने किसिमको भवन निर्माण गरिएको हो । भवनमा वडा अध्यक्ष, सचिब, सदस्य, बैठक कक्ष र सभाहल छन् । एक वटा वडा कार्यालय भवन बनाउन रु. ५० लाख देखि रु. ६० लाख खर्च भएको गाउँपालिका अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रतिकुल मौसमका कारण हिउँदमा काम गर्न नसकिने र कोरोना भाइरसको महामारीका कारण वडा कार्यालय भवन निर्माणलाई प्रभाबित बनाएको थियो । भवन अभावका कारण सामुदायिक भवन, क्लब, आमा समूह र स्वास्थ्य चौकीबाट वडा कार्यालय सञ्चालन गरिएको थियो ।

भवन बनेपछि सेवा प्रवाह र कार्यालय सञ्चालन गर्न सहज भएको चराङका वडा अध्यक्ष टै धुन्टु ठकुरीले बताउनुभयो । चराङमा निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनको काम ६० प्रतिशत सकिएको छ ।

ईमोटल कन्ट्रक्सन प्रा.ली.ले रु. चार करोड २४ लाख ५८ हजारमा भवन निर्माण गर्ने ठेक्का लिएको थियो । तीन रोपनी जग्गामा निर्माण भइरहेको तीन तले भवन चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको इञिजनियर सन्देश केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...