बेनीमा १९ औ जेसिजकप फुटबल शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २१ वटा बिद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा बिजेतालाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताउनुभयो ।
उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद दुई हजार पाँच सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद सात हजार ७७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ् ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news


जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ । होटल याक र नमस्ते टे«ड टाइटल स्पोन्सर बनेको प्रतियोगितामा नरेश मोवाइल सेन्टर र मिनबहादुर बिश्वकर्मा स्मृति कोषले प्रायोजन गरेका छन् । हरेक बर्ष आयोजना हुदै आएको प्रतियोगिता गत बर्ष कोरोनाका कारण हुन सकेको थिएन् ।
प्रतियोगिताको मंगलबार बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेलमा न्यु वेष्ट पोइन्ट आवासीय माबिले लिटिल गार्डेन एकेडेमीलाई एक का बिरुद्ध पाँच गोल गर्दै बिजयी यात्रा शुरु ग¥यो ।
माउन्ट एभरेष्ट आवासीय माबिलाई दुईका बिरुद्ध तीन गोल गरेर बुद्ध एकेडेमी, शारदा माबि छिसबाङलाई शून्यका बिरुद्ध एक गोल गरेर डनिङ आवासीय माबि र किसानी माबि बिमलाई एकका बिरुद्ध दुई गोल गरेर किसानी माबी धारापानी दोस्रो चरणमा प्रबेश गरेका छन् । केबी एकेडेमी र जामुनाखर्क माबी बिच भएको पहिलो दिनको अन्तिम खेलमा केबीले शून्यका बिरुद्ध दुई गोल गर्दै बिजय यात्रा शुरु गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...