पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

Gandaki Pardesh notice

पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।

धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिलोपटक नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिब सन्तोष गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको हो ।

पत्रकारिता, शिक्षा र साहित्य बिधामा रामप्रसाद सुबेदी, शिक्षा र साहित्य बिधामा धु्रबलाल शर्मालाई रु. दश÷दश हजार सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत पत्रकार गौतम बेनीबाट प्रकाशन हुने रिखार दैनिक पत्रिका र धौलागिरी खबर अनलाइनका प्रकाशक हुनुहुन्छ ।

Shreekrishna hardwear in news

बि.स. २०६४ देखि पत्रकारितामा क्रियाशिल गौतम म्याग्दीबाट राष्ट्रिय समाचार समिति, अन्नपूर्ण पोष्ट, ग्यालेक्सी फोरके, धौलागिरी टेलिभिजन लगायतका सञ्चार माध्यममा सम्बाददाताको रुपमा काम गर्दै आउनुभएको छ ।

कोषले जनकल्याण माबिबाट बि.स. २०७७ को एसइइ परिक्षामा सर्बोकृष्ट जिपिए ल्याउने प्रकृति बानियालाई रु. बीस हजार सहित पुरस्कृत गरेको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत बिद्यालयको कक्षा ९ का प्रथम बिद्यार्थी शंकर पौडेललाई रु. पन्ध्रहजार, एसइइमा जकल्याणमा खसखार्य समुदायबाट बढी जिपिए ल्याउने समिता सुबेदी, दलिततर्फ रितु किसान र जनजातीतर्फ प्रदिप श्रेष्ठलाई पनि रु. पन्ध्र÷पन्ध्र हजार प्रदान गरिएको थियो ।

Bhautik ministry notice about road

जनकल्याण माबिको सांस्कृतिक तर्फ उत्कृष्ट अञ्जना छिनाल, अंकिता थापा, रेजिना रामदाम, सुवास बिक र प्रबिना पाइजालाई रु. दुई÷दुई हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । मदन पुरस्कार बिजेता महारानी उपन्यासका लेखक तथा पुर्ब सांसद चन्द्रप्रकाश बानिया, कोषका सचिब माधबप्रसाद रेग्मी, बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेल लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

नेपाली काँग्रेस म्याग्दीका नेता माधवप्रसाद रेग्मी, उहाँका दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले कोष स्थापना गर्नुभएको थियो । पुरस्कार बितरण समारोहमा कोषले जनकल्याण माबिको अक्षयकोषका लागि रु. एक लाख ५५ हजार प्रदान गरेको थियो । स्वर्गीय तारानाथ रेग्मीको स्मृतिग्रन्थको बिमोचन गरिएको थियो । सो अवसरमा मदन पुरस्कार बिजेता बानियालाई अभिनन्दन समेत गरिएको थियो ।

जनकल्याण मावि स्थापना कालमा रेग्मीको घरबाट सञ्चालन भएको थियो । काठमाडौबाट आउनुभएका शिक्षकलाई उहाँकी श्रीमतिले खाना पकाएर खुवाउनु हुन्थ्यो । त्यही कारण पुलाचौर र आसपासको क्षेत्रमा शैक्षिक बिकासमा रेग्मी परिवारको महत्वपूर्ण योगदान भएको मानिन्छ ।

जनकल्याण माबिको ब्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाको अध्यक्षता, शिक्षक रेशमबहादुर बानियाको सञ्चालन, प्रअ कमल पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बिद्यालयको आम्दानी खर्च बिबरण पनि सार्वजनिक गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...