टोड्केमा पुर्बाधार बनाउन तीन वटा योजना सञ्चालन

Sinchai Khanipani notice

टोड्के । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा पूर्बाधार बनाउन तीन वटा योजना सञ्चालन भएको छ ।

रघुगंगा गाउँपालिकाले रु. एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले तीन वटै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

“गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँ देखि टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो “झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।”

Shreekrishna hardwear in news

वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रा.लीले भ्याट रकम सहित रु. ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान रु. एक करोड एक लाख गरिएको थियो ।

गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतिक्षालय र दृष्य अवलोकन गर्ने स्थल सहितको उद्यान बनाउन लागिएको जानकारी दिनुभयो ।

यसैगरी रु. ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्सनसँग रु. २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ । सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ति सुधार तथा नाली बनाउने, ढुङ्गा बिछ्याएर सोलिङ गर्ने योजना छ ।

सडक र पदमार्ग निर्माण भएपछि झिँ हुदै टोड्के जाने पर्यटकहरुले सुरक्षित र सहज रुपमा यात्रा गर्न पाउने वडा अध्यक्ष मनबहादुर थजालीले बताउनुभयो । “यात्रा सुरक्षित, सहज हुने, यात्राअवधी र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो “पाखोको चिप्लो र भिरालो तथा साघुरो कच्चि पदमार्गमा चिप्लीएर लड्ने समस्या थियो ।”

Bhautik ministry notice about road

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु. २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । खेलमैदान निर्माण गर्न रु. ५१ लख २० हजार ८८० लागत अनुमान गरिएको थियो ।

पदमार्ग निर्माण भएपछि समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा गुराँसको जंगलको बिचमा अवस्थित टोड्केबाट सुर्योदय, धवलागिरी, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्बत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिब मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ । स्वर्गद्धारीको शाखा र शिब मन्दिरको जिर्णोद्धार गर्न बिस्तुत परियोजना प्रतिबेदन बनाएर पुरातत्व बिभागमा प्रस्ताब गरिएको छ ।

गत आर्थिक बर्षमा डिभिजन बन कार्यालयको रु. दश लाख सहयोगमा सिद्ध सामुदायिक बन उपभोक्ता समूहले टोड्केमा उद्यान निर्माण भएको थियो । यसैगरी मंगला गाउँपालिकाले पुर्ण गाउँ देखि टोड्के जोड्ने सडक स्तरोन्नति गरेको थियो । यसअघि गण्डकी प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँ गाउँमा सामुदायिक घरबास सञ्चालन भएको थियो ।

निजी क्षेत्रले दुई वर्षअघि टोड्केमा होमस्टे र रिसोर्ट सञ्चालन गरेका थिए । दैनिक एक सय जना बास बस्न सक्ने टोड्के होमस्टे तथा रिसोर्ट सञ्चालन भएपछि भ्रमणमा जाने पर्यटकहरुलाई सहज भएको छ । रिसोर्टका सञ्चालक भिमप्रसाद शेरचनले केही समययता आन्तरिक पर्यटकको आगमन र चहलपहल बढेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोलीले मंगलबार टोड्केको पर्यटकीय सम्भाब्यता अध्ययन गरेर फर्किएको छ । टोड्््केबाट नयाँ गन्तब्यको अध्ययन शुरु गरेको नाटाका कार्यक्रम संयोजक तारा गौतमले बताउनुभयो ।

“नेपालमा आउने पर्यटकहरुलाई घुमाउने स्थान खोज्न निस्किएका हौ,” उहाँले भन्नुभयो “म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रर्वद्धन गर्ने योजना छ ।” पर्यटकीय स्थलहरुको निरिक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...