अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

Sinchai Khanipani notice

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ ।

अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ई.आइ.ए. रिपोर्ट) तयार र पहुँचमार्ग (सडक) निर्माण भइरहेको छ । आयोजना निर्माणका लागि आवश्यक पर्ने बिद्युत आपुर्तिका लागि रातोढुङ्गा सबस्टेशन देखि बाँध निर्माण स्थलसम्म १८.५ किलोमिटर लामो ३३ के.भी. क्षमताको प्रशारण लाइन निर्माण गर्न वातावरणीय अध्ययन भएको छ ।

इम्भारोमेन्टर पार्टनर्स प्रा.लीले गरेको प्रशारण लाइनको वातावरणीय अध्ययन प्रतिबेदनमा छुटेका स्थानीय सरोकारवालाहरुको सुझाव समेट्न गत हप्ता मालिका गाउँपालिका–७ नौमानेमा सार्वजनिक सुनुवाई गरिएको थियो । परामर्शदाता कम्पनीका सञ्चालक शंकर बस्यालले रु. चार करोड लागतमा छ महिनामा निर्माण हुने ३३ केभी क्षमताको प्रशारण लाइनका ३३५ वटा पोल गाड्नुपर्ने जानकारी गराउनुभयो ।

Shreekrishna hardwear in news

प्रशारण लाइन निर्माणका क्रममा वातावरणीय प्रभाव न्यूनीकरणका लागि रु. २० लाख बिनियोजन गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो । खिबाङ, खारा, खाम्ला, छहरी, कल्लेनी, दरबाङ प्रशारण लाइनको प्रभावित क्षेत्र हुन् ।

बेनीमा सम्पर्क कार्यालय स्थापना गरेर ब्यवस्थापकीय काम गरिरहेको आयोजनाले प्रशारण लाइन पुगेपछि बाँध, सुरुङ र बिद्युतगृह निर्माणलाई तिब्रता दिने जनाएको छ । कल्लेनी हुदै आयोजनाको बाँध निर्माण स्थल खाम्ला जोड्ने पहुँचमार्ग निर्माण भइरहेको छ ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिका–४ मुदीको खाम्ला नजिकै बाँध र मालीका गाउँपालीका ७ बिमको भारवाङमा विद्युतगृह रहने आयोजना रन अफ द रिभर प्रकृतीको हो । पाँच किलोमिटर ५०० मिटर दुरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युतगृहमा खसालीने कम्पनीले जनाएको छ ।

रु. नौ अरब ३३ करोड लागत अनुमान गरिएको आयोजनाबाट उत्पादीत विद्युत डाडाखेत सबस्टेशनमा पु¥याई केन्द्रिय प्रशारण लाईनमा जोडीने बताइएको छ । दश किलोमिटर पहुँचमार्ग निर्माणमा गाउँपालिका र अपर म्याग्दी जलबिद्युत आयोजनासँग पनि साझेदारी भएको छ ।

धवलागिरी हिमालबाट बगेर आउने म्याग्दी नदीमा हाल दुई वटा आयोजना पुर्वाधार निर्माणको चरणमा छन । हाईड्रो ईम्पाइर प्रा.लीले ३७ मेगावाट क्षमताको अपर म्याग्दी र धौलागिरी कालीका हाईड्रोले २५ मेगावाटको दरवाङ–म्याग्दीखोलाको पुर्वाधार निर्माण गरिरहेका छन् ।

१३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन र सबस्टेशन निर्माणको तयारीसँगै अनुमति लिएर बसेका जलबिद्युत आयोजना निर्माणमा प्रर्वद्धक सक्रीय बनेका मालिका गाउँपालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।

म्याग्दी नदीमा ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला र १४.७० मेगावाट क्षमताको मुदीखोला जलबिद्युत आयोजनाले पनि निर्माणको अनुमति लिएका बिद्युत बिकास बिभागले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...