जन्मदिनमा शान्ति कोषलाई ५० हजार सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा परोपकारी संस्थालाई सहयोग गर्नुभएको छ ।

Bhautik ministry notice about road


अन्नपूर्ण गाउँपालिका–१ दोबामा जन्मथलो भई हाल हङकङमा बस्दै आउनुभएका तुल्मराज राम्जालीले ओमकुमारी शान्ति कोषलाई रु. पचास हजार सहयोग गर्नुभएको हो । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष बिनय श्रेष्ठलाई राम्जालीले मंगलबार रकम हस्तान्तरण गर्नुभयो ।


जन्मदिनको अवसरमा हुने विभिन्न खर्चप्रति कुनै मोह नभएको र सामाजिक संघसंस्थामै सहयोग गरी मनाउने चाहना अनुसार सहयोग गरेको राम्जालीको भनाई छ । सोही अवसरमा कोषले आफ्नो विधान अनुसार सहयोगदाता राम्जालीलाई गोल्डेन संरक्षक सदस्यता प्रदान गरेको छ ।
ब्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नेलाई उक्त सम्मान गरिन्छ । सोही अवसरमा उज्यालो बैकल्पिक विद्यालयलाई राम्जालीले १० हजार, मोना हङकङ महिला विभागबाट ५ हजार १८० र मोना हङकङका पूर्व अध्यक्ष दल शेरबुर्जाको ५ हजार हस्तान्तरण गदै भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाउनुभयो । स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष शाक्य, स्वागत प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनमगरले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...