फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न

Gandaki Ghumau

सन्दीप खत्री
बेनी । म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका–३ फलिया गाउँमा महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो ।

अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य प्रशिक्षकको रुपमा रहेका मलिन रोकाले स्थानीय खेलाडीहरुलाई प्रशिक्षण दिनुभयो । एक महिने भलिबल प्रशिक्षण सकेर बेनी फर्केका रोकाले “पुरानो चलनको खेल शैलीमा व्यापक परिवर्तन गरि नयाँ मापदण्ड अनुसार खेल्ने शैलीको विकास गर्ने” प्रशिक्षणको मूख्य उद्देश्य भएको बताउनुभयो ।

भलिबलको आधारभूत सिप प्रदान गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर सुरु भएको प्रशिक्षणमा आफू सफल भएको उहाँको प्रतिक्रिया छ । उहाँले भन्नुभयो “खेलाडीहरुको क्षमतामा व्यापक परिवर्तन आएको छ, खेलप्रतिको मोह अझ झनै बढेको छ, जुन उद्देश्य राखेर प्रशिक्षण सुरु गरिएको थियो हामी सफल भएका छौं ।”

Shreekrishna
Gunasthariya Shiksya

हाल अस्ट्रेलियामा रहेका गाउँका पूर्व खेलाडीहरुको सहयोग तथा पहलमा उक्त प्रशिक्षण आयोनजा गरिएको जनशान्ति युवा क्लव फलियागाउँका अध्यक्ष ओमप्रसाद भण्डारीले जानकारी दिनुभयो । अस्टे«ेलियामा रहेका पूर्व खेलाडी डम्बर भण्डारीको पहलमा उक्त भलिबल प्रशिक्षणको आयोजना गरिएको थियो ।

नयाँ तथा पुराना गरी झण्डै ३० जना खेलाडीहरुको सहभागीता रहेको र भलिबल प्रशिक्षण पश्चात खेलाडीहरुमा मनोबल र आत्मविश्वास बढ्नुका साथै सकारात्मक परिवर्तन आएको भन्दै पूर्व खेलाडी किशोर भण्डारीले यसको श्रेय प्रशिक्षक रोका प्रति जाने भन्दै सम्मान व्यक्त गर्नुभयो । प्रशिक्षक रोकाले कुनै पनि खेलाडी दक्ष खेलाडी बन्नका लागि प्राकृतिक र प्राविधिक दुवै पक्षले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ ।

काठमाण्डौबाट लेभल वान प्रशिक्षकको तालिमा विशिष्ट श्रेणी हासिल गरेका रोका अहिले पोखरा अवस्थित गण्डकी युनिभर्सिटीमा व्याचर इन स्पोर्ट साईन्समा अध्यन गर्दै हुनुहुन्छ । जिल्लाको खेलकुदलाई बैज्ञानिक तवरबाट अगाडी बढाउन, खेल सम्बन्धी नै पढेर खेल क्षेत्रमा लाग्ने संख्या अति न्युन संख्या रहेको बेलामा म्याग्दी जिल्लाबाट प्रशिक्षक मलिन रोका सहित महिला भलिबलका राष्ट्रिय कप्तान अरुणा शाही, उसुका प्रशिक्षक विकल कंडेलले उक्त युनिभर्सिटीमा अध्ययन गरिरहेको प्रशिक्षक रोकाले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...