१९ औ जेसिजकप उद्घाटन्

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनीमा मंगलबार जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।


२१ वटा बिद्यालय सहभागी प्रतियोगिताको खेल भने बेनीको खुल्ला मञ्च खेलमैदानमा बुधबारदेखि शुरु हुनेछ । उद्घाटनका क्रममा नगरप्रमुख श्रेष्ठले खेलप्रतिभा पहिचान र उनिहरुको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता उपयोगी हुने बताउनुभयो ।

Shreekrishna hardwear in news


म्याग्दीमा फुटबल खेलको बिकासमा योगदान पुगेको जेसिजकपको निरन्तरताका लागि नगरपालिकाले सघाउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले अनुशासन र शारिरिक स्फुर्तिका लागि खेलकुद उपयुक्त माध्यम भएको बताउनुभयो ।

Bhautik ministry notice about road


म्याग्दी जेसीजका शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षता, महासचिब दिनेश बिश्वकर्माको सञ्चालन र प्रतियोगिता संयोजक कुमार बानियाको स्वागतमा भएको कार्यक्रममा जेसिजकपको नयाँ ट्रफि सार्वजनिक गरिएको थियो । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक बानियाँले बताउनुभयो ।


उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


प्रतियोगिता सञ्चालनको लागि रु ८ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ । गत बर्ष कोरोना (भाइरस)को जोखिमका कारण प्रतियोगिता सञ्चालन भएको थिएन् । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ ।
सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक, होटल याक र नमस्ते टे«ड टाइटल स्पोन्सर बनेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...