नयाँ गन्तब्य खोज्दै नाटाको टोली म्याग्दीमा

Gandaki Pardesh notice

बेनी । नयाँ पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धनका लागि पर्यटन बोर्ड र ब्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् ।

नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीका नयाँ पर्यटकीय स्थलको सम्भाब्यता अध्ययनका लागि आएको हो ।

पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नबिन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतम सहितको टोलीले नयाँ गन्तब्यको अवलोकन, सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा पर्ने टोड्््केबाट नयाँ गन्तब्यको अध्ययन शुरु गरेको नाटाका तारा गौतमले बताउनुभयो । “नेपालमा आउने पर्यटकहरुलाई घुमाउने स्थान खोज्न निस्किएका हौ,” उहाँले भन्नुभयो “म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रर्वद्धन गर्ने योजना छ ।”

Bhautik ministry notice about road


टोलीले पर्यटकीय स्थलहरुको निरिक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताउनुभयो । टोलीले बेनीमा म्याग्दी उद्योग बाणिज्य संघका पदाधीकारीहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाई लम्बाउन नयाँ गन्तब्य खोजी गरिएको बताउनुभयो ।

सडक बिस्तारसँगै पुराना पर्यटकीय स्थलमा आउने पर्यटकको बसाई छोटिएको पोखरेलले बताउनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले टोड्के, रुइसे, झाँक्रिपानी, लभ्लीहिल, खोपारा, गुर्जा, ताकमकोत, मोहरेडाडा, मालिका लगायतका स्थल म्याग्दीका नयाँ पर्यटकीय स्थलका रुपमा बिकास भएका बताउनुभयो ।

हिमाल, अग्ला पहाड, झरना, नदीका साथै संस्कृति, ग्रामिण जिबनशैली म्याग्दीका पर्यटकीय स्थलका आकर्षण हुन् । नयाँ पर्यटकीय स्थलमा आवास सुबिधाको ब्यवस्थापनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छलफलमा सहभागीको भनाई थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...