शुक्रबारदेखि पालिकाको केन्द्रमा मतदाता नामावली संकलन

Gandaki Pardesh notice

बेनी । म्याग्दीका स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु हुदैछ ।

जिल्ला सदरमुकाम र निर्बाचन कार्यालय भएको बेनी नगरपालिका बाहेकका ५ वटा स्थानीय तहको केन्द्रमा १०÷१० दिनका दरले “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” सञ्चालन हुन लागेको हो ।

Bhautik ministry notice about road

जिल्ला निर्बाचन अधिकार भिमप्रसाद घिमिरेले छुटेका र नाम दर्ता गर्न योग्यता पुगेकाहरुलाई लक्षित गरेर कार्यक्रम शुरु गर्न लागिएको बताउनुभयो । मंसिर १७ देखि २७ गतेसम्म धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिका र मङसिर ३० गतेदेखि दशदिनसम्म मंगला र रघुगंगा गाउँपालिकामा अभियान सञ्चालन हुनेछ् ।

Shreekrishna hardwear in news

स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मतदाता नामावली दर्ता टोली परिचालन सम्बन्धित ठाउँमा परिचालन भइसकेका निर्बाचन अधिकारी घिमिरेले बताउनुभयो । एक जना प्रमुख नाम दर्ता अधिकारी, ५ जना दर्तास्थल ब्यवस्थापक, ३ जना दर्ता कर्मचारी, ५ जना सहायक कर्मचारी र ५ जना दर्तास्थल सहयोगी गरि १९ जनाको ३ वटा टोली बनाइएको छ ।

म्याग्दीमा हाल ८० हजार १५४ जना मतदाताको नामावली दर्ता भएको छ । बेनी स्थित जिल्ला प्रशासन र निर्बाचन कार्यालयमा पनि मतदाता नामावली दर्ता हुने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...