बेनी बचतमा पल्स अनुगमन प्रणाली सम्बन्धी तालिम

Gandaki Pardesh notice

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार बेनीमा पल्र्स अनुगमन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको थियो ।

सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले सहकारीका सञ्चालक र कर्मचारीहरुलाई तालिम दिइएको हो । पल्र्स अनुगमन प्रणालीका सहजकर्ता नबकुमार अधिकारीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

सहकारीका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिब माधबप्रसाद रेग्मी, लगायत पदाधीकारी, लेखा शुपरिबेक्षक समिति, सञ्चालक समितिका सदस्य र कर्मचारीहरुको तालिममा सहभागिता रहेको प्रबन्धक सज्जन शाक्यले बताउनुभयो । संस्थाका अध्यक्ष गिरीले अध्यक्षता तथा स्वागत गर्दै सहकारीको अवस्था र योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

बचत तथा ऋण सहकारी संघसंस्थाहरुको वित्तीय गुणस्तर मापन, निक्षेप र लगानीको अनुपात मिलाउने, सेवा सुविधालाई सेवाग्राही माझ प्रविधिमैत्री बनाउन पल्र्स अनुगमन प्रणाली प्रभावकारी देखिएको छ । नेफस्कुनलाई सरकारले पल्र्स प्रयोगका लागि कानुनी रुपमा नै व्यवस्थापनको मान्यता दिएको छ ।

सहकारी सञ्चालक तथा कर्मचारीलाई सहकारीको प्रभावकारी वित्तीय संरचना, सम्पतिको गुणस्तर प्रतिफल दर, तरलता र वृद्धिदर ध्यान दिँदै संघसंस्थाको बचत संकलन, सेयरपुँजी वृद्धि, भाका नाघेको ऋण र संस्थागत पुँजीलगायत ४६ वटा सूचनाको अनुपात व्यवस्थापनमा पल्र्स अनुगमन प्रणाली प्रयोग गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...