बेनीमा सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन १५ दिनको अल्टिमेटम

Gandaki Kotihome

धिरन खत्री

बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन १५ दिनको अल्टिमेटम (समयसिमा) दिइएको छ ।

Upper Myagdi transmition line notice

बेनी नगरपालिकाको कार्यालयमा मंगलबार भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन बुधबार देखि लागु हुने गरि १५ दिनको समय दिने निर्णय गरेको हो ।

तोकिएको समयभित्र होटल, फेन्सी, खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड र जस्तापाटाको छाप्रो नहटाए भत्काउने निर्णय भएको छ । यसैगरी पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न पनि निर्देशन दिएको छ ।

Annapurna aarohan ko notice

बेनी बजारको पार्किङ, सवारी आवत जावत, सार्वजनिक स्थल सरसफाई, सिसि क्यामरा, बिद्युत लगायतलाई ब्यवस्थित गर्ने उद्देश्यले बेनी नगरपालिकाका पदाधीकारी, प्रसासन, सुरक्षा निकाय, उद्योग बाणिज्य संघ र ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधीहरुबीच छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन बुधबार देखि लागु हुने गरि १५ दिनको समय दिएको बताउनुभयो । ‘बेनी बजार सुन्दर बनाउने अभियानमा भएको कमिकमजोरीलाई नदोहोरिने गरी ब्यवसायीलाई आग्रह गरिएको छ,’ उहाँले भन्नुभयो ‘सो समयमा सडकलाई असर गर्ने गरी राखिएको बोर्ड नगरपालिका र सुरक्षा निकाय मिलेर हटाउने निर्णय भएको छ ।’

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सरोकारवालाहरुको निर्णय बेनी बजारका ब्यवसायीले कार्यान्वयन नगरेमा सुरक्षा निकायको सहयोगमा हटाउने प्रतिवद्धता जनाएका थिए । प्रजिअ रानाले बजारलाई सुन्दर बनाउन टोलसुधार समिति सक्रिय, बसपार्क ब्यवस्थापन समिति निर्माण गर्न, सरसफाई गर्ने कुचिकार राख्न नगरपालिकाले ध्यान दिन सुझाव दिनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघ अध्यक्ष बेलबहादुर कटुृवालले बजारलाई ब्यवस्थित बनाउन नगर प्रहरी र सार्वजनिकस्थल सरसफाई गर्ने कुचिकार राख्न आग्रह गर्नुभयो । प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बजारका सार्वजनिकस्थलका अस्थाई छाप्राहरु हटाएर पाकिङलाई ब्यवस्थित बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

ट्राफिक ब्यवस्थापनमा बजारबासी सचेत बनेर पार्किङ र नो पार्किङलाई बोर्डलाई हप्ता–हप्तामा परिर्वतन गरिदिन आग्रह गर्नुभयो । बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निर्णहरु कार्यान्वयनको अभावले बेनी बजार अब्यवस्थित र ब्यवसायीको सामानहरुले सडकहरु साघुरो हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । दुर्घटनाको जोखिम बढेको र बजार भित्र सवारी जाम हुने समस्या छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...