प्रभा माबीमा बृहत खेलकुद कार्यक्रम

Gandaki Pardesh notice

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माबिमा मंगलबारदेखि बृहत खेलकुद कार्यक्रम शुरु भएको छ ।

बिद्यालयका खेल प्रतिभाको पहिचान र प्रस्फुटनको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित खेलकुद कार्यक्रमको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुन, गाउँपालिकाको सामाजिक बिकास समितिका संयोजक ओम फगामी र वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले प्रभा माबिको शैक्षिक तथा भौतिक सुधारको पहल नमुना बनेको र यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुबीच एथलेटिक्स, भलिबल र कवड्डी बिधाका ४६ वटा प्रतियोगिता हुने प्रअ भगवानबहादुर कार्कीले बताउनुभयो । बिद्यालय परिसरमा नवनिर्मित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

Bhautik ministry notice about road

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङको अध्यक्षता र सहायक प्रअ बिष्णुप्रसाद पोखरेलको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका छन् । बिद्यालयको बार्षिक कार्यक्रम अनुसार आयोजित प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...