स्वास्थ्यकर्मीलाई पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

Gandaki Pardesh notice

बेनी । धवलागिरी र मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धी सम्बन्धी तालिम दिईएको छ ।

धवलागिरी र मालिका गाउँपालिकाले बेनीमा ७ दिनसम्म सञ्चालन गरेको तालिममा २१ जना स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । धवलागिरी गाउँपालिकाले यसअघि मुनामा २२ जनालाई तालिम दिएको थियो ।

मुनाको तालिममा छुटेका ८ जनालाई मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै तालिम दिइएको धवलागिरीका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताउनुभयो । तालिमको सुआहाराका रामचन्द्र पण्डीत र मालिकाका स्वास्थ्यकर्मी तेजिन्द्र राना र एलिना पुर्जाले सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कुपोषण हुन नदिने, भएका कुपोषितको पहिचान र उपचारका बिषयमा तालिममा सहजिकरण गरिएको थियो । तालिमको समापन गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले कुपोषणको समस्या हटाउन अभिभावकलाई सचेत बनाउन प्रभावकारी परामर्श दिनुपर्ने बताउनुभयो ।

नयाँ बच्चामा कुपोषण हुन नदिन सतर्कताका साथै कुपोषित बच्चा पहिचान र स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरुलाई तालिममा सिकेका ज्ञान, सिप सहयोगी हुने लम्सालको भनाई थियो ।

मालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोमबहादुर केसीको अध्यक्षता र स्वास्थ्य शाखा संयोजक सन्तु कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी निस्कोट स्वास्थ्य चौकीका भावना भण्डारी र प्रशिक्षक तेजिन्द्र रानाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...