बेग जिप दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु (अपटेड)

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा थप चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३० वर्षीया गौमाया बिक, अन्दाजी ३५÷४० वर्षका दुढबहादुर थापा, २५÷३० बर्षका खिमु पुन र ४५÷५० वर्षका खिमानन्द शर्माको मृत्यु भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna

मृतक र घाइते सबै बेगका हुन् । गौमाया रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्य हुन् । जिपका चालक दुढबहादुर र गौमायालाई उपचारका लागि बेनी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Gunasthariya Shiksya

खिमु र खिमानन्दको घटनास्थलमै मृत्यु भएको हो । ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भिम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

प्रहरीका अनुसार जिप सडक देखि करिब तीन सय मिटर तल खसेको थियो । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले घाइतेको उद्धार गरेका थिए । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक गुरुङले बताउनुभयो ।

मृतकको शव बेनी ल्याउन गाउँपालिकाको गाडी पनि प्रयोग भएको थियो । गण्डकी प्रदेश म्याग्दी क्षेत्र कबाट निर्बाचित सांसद बिनोद केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, उपसभापति केबी भण्डारी ले बेनी अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

बेगमा भएको जिप दुर्घटनाका घाइतेलाई एम्बुलेन्समा राखेर पोखरा पठाइदै । तस्बिर धौलागिरी खबर
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...