बेगखोलामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औला भन्ने ठाउँमा दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले खिमु पुन र खिमानन्द शर्मा नाम गरेका दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । उनिहरुको ठेगाना र उमेर खुलेको छैन ।

Shreekrishna hardwear in news

चालक दुतबहादुर थापा, वडा सदस्य गौमाया बिक लगायत छ जना घाइतेहरुलाई उपचारका लागि बेनी ल्याउदै गरिएको प्रनाउ राइले बताउनुभयो ।

जिप सडक देखि करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रनाउ राइले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...