ओलीले प्रस्ताव गरेको एमालेको केन्द्रिय कमिटीमा म्याग्दीका तीन जना

Sinchai Khanipani notice

बेनी । चितवनको सौराहमा जारी नेकपा एमालेको दशौ महाधिबेशनमा अध्यक्ष मण्डलले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा म्याग्दीका तीन जना नेताको नाम परेको छ ।

थममाया थापा, भुपेन्द्रबहादुर थापा र नरदेबी पुनको नाम ३०१ सदस्यीय ओलीद्धारा प्रस्तावित केन्द्रिय समितिमा परेको हो । केन्द्रिय कमिटीमा आकाक्षी बन्नुभएका नवराज शर्मा र हरिकृष्ण श्रेष्ठको नाम ओलीले घोषणा गरेको नामावलीको बिबरणमा छैन् ।

Bhautik ministry notice about road

थममाया थापा महिला, भुपेन्द्र थापा र नरदेबी पुनलाई गण्डकी प्रदेशको कोटामा केन्द्रिय सदस्य प्रस्ताव गर्नुभएको हो । महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आइतबार राती ओलीले १९ पदाधिकारी र केन्द्रीय कमिटी घोषणा गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

ओलीले खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुरलगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनाउनु भएको थियो । अध्यक्ष मण्डलको बैठक बसेर यी नामलाई अन्तिम रुप दिएको थियो । बन्दसत्रले पदाधीकारी र केन्द्रिय कमिटी चयन गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो ।

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गर्नुभएको थियो । तर रावलले उहाँको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो । बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताउनुभयो । रावलले लामो बहस गर्न चाहनुभएन र अध्यक्षको उम्मेदवार हुने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...