उपल्लो मुस्ताङको सिमावर्ति बस्तीमा पुग्यो केन्द्रिय लाइनको बिद्युत

Sinchai Khanipani notice

बेनी, चिनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा बिद्युतिकरण गरेका हुन् । नेचुङ र छोसेर चिनको सिमाना कोरला नाकामा नेपाल तर्फका अन्तिम बस्ती हुन् ।

प्राधिकरणको तातोपानी बितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले दुई वटा वडाका १५० घरधुरीमा बिजुली बलेको जानकारी दिनुभयो । “लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ,” उहाँले भन्नुभयो “लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको पाँच वटा मध्य एक वटा बाहेकमा बिद्युतीकरण भइसकेको छ ।”

Shreekrishna hardwear in news

भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने सिमावर्ति गाउँहरुमा बिद्युत सुबिधा भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । घरायसी, कार्यालय र प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको छ । यसअघि उज्यालोका लागि सोलार र टुकी बाल्ने गरेका थिए ।

Bhautik ministry notice about road

चालु आर्थिक बर्ष भित्रनै उपल्लो मुस्ताङका दुई वटा गाउँपालिकाको सबै बस्तीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार गर्ने तयारी सहित काम भइरहेको केन्द्र प्रमुख नेपालले बताउनुभयो ।

११ केभी क्षमताको लाइनबाट चिनको सिमा वर्तिबस्तीसम्म बिद्युतिकरण गरिएको निर्माण ब्यवसायी दिनेश ढुङ्गानाले जानकारी दिनुभयो । नेपाल बिद्युत प्राधिकरणसँग त्यहाँ बिद्युतीकरणका लागि बेनीको न्यु ढुङ्गाना निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो ।

तार, पोल र उपकरण प्राधिकरणले खरिद गरेर ढुवानी र जडानको काम गर्न ठेक्का लगाउने गर्छ । मुस्ताङमा निलगिरी उपभोक्ता सहकारी संस्था मार्फत बिद्युत बितरण र महशुल संकलन गरिदै आएको छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रशारणको बिद्युत लाईन बिस्तारका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा करिब रु. आठ करोड बिनियोजन गरेको थियो ।

उपल्लो मुस्ताङबाट निर्बाचित गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्टका अनुसार सो बजेटबाट लोमान्थाङमा मुख्य लाइनको ३९६ र शाखा लाईनका १८० पोल पु¥याइएको थियो । लोघेकर दामोदरकुण्डमा मुख्य लाइनका १९६ र शाखा लाइनका ७० थान पोल प्रदेश सरकारले दिएको थियो ।

म्याग्दीको दानासम्म ल्याइएको पोल, तार र ट्रान्सफरमर सम्बन्धित पालिकाले ढुवानी गरेर निर्माण स्थलमा लगेका थिए । लोघेकर दामोदरकुण्डको घिलिङ, घमी, ढाक्मर, चराङ र मराङमा यसअघिनै बिद्युतिकरण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...