मुनामा बालबिवाह बिरुद्ध नाटक

Gandaki Pardesh notice

रुपेश सुबेदी
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार बालबिवाह बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको छ ।

गल्र्स फस्ट फण्डको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा धवलागिरी आधारभूत बिद्यालयमा नाटक प्रर्दशन गरिएको हो ।

Bhautik ministry notice about road

बालबिवाह न्युनीकरणका लागि सन्देश प्रवाह गराउने उद्देश्यले नाटक प्रर्दशन गरिएको संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढाले बताउनुभयो । जगन्नाथ आचार्यले निर्देशन र सहजिकरण गर्नुभएको नाटकमा ११ जना कलाकारले अभिनय गरेका थिए ।

Shreekrishna hardwear in news

बालबिवाहको कारण, यसले पार्ने असर, न्युनीकरणका उपाय र बालबिवाह गर्नेलाई हुने कानुनी उपचार सम्बन्धी बिषयबस्तु नाटकमा समेटिएको छ । यो नाटक धवलागिरी गाउँपालिकाका अन्य ११ वटा बिद्यालयमा पनि प्रर्दशन गर्ने तयारी भएको संगम म्याग्दीका शिक्षा बिकास अधिकृत बुढाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...