ताकममा लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यबाहक वडा अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, वडा सचिब तमबहादुर बिकको सञ्चालन र महिला मानवअधिकार रक्षक म्याग्दीका संस्थापक अध्यक्ष अमृतादेबी बानियाको प्रमुख आतिथ्यता र ताकम स्वास्थ्य चौकीका इञ्चार्ज लोकनाथ पौडेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Gunasthariya Shiksya

कार्यक्रममा सहभागीहरुले स्रोत साधन, अवसर, जिम्मेवारी तथा हक अधिकारको असमान बितरण, सानै उमेरमा गरिने बालबिवाह, महिलालाई घरायसी काममा मात्र सिमित राखिनु, महिलाको कामको मूल्याङकन नगरिनु जस्ता बिभेदका कारण महिला पछाडि परेका औल्याइएको थियो ।

Shreekrishna

बिभेदको अन्त्य गरी लैङ्गिक समानता कायम गर्न सबैले आफ्नो ठाउँबाट ब्यवहारिक हिसाबले काम गर्नुपर्ने सहभागिको भनाई थियो । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...