तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई दुई पदक

Gandaki Pardesh notice

बेनी । बाराको निजगढमा सम्पन्न तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीका दुई जना खेलाडीले पदक जितेका छन् ।

Bhautik ministry notice about road

निजगढ तेक्वान्दो दोजाङको आयोजनामा मंसिर १० र ११ गते प्रतियोगिता सञ्चालन भएको थियो । जिल्ला खेलकुद बिकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले म्याग्दीका ममता गर्बुजा र रक्षा पुर्जाले रजत पदक जितेका जानकारी दिनुभयो ।

गर्बुजाले ६२ केजी तौल समूह र पुर्जाले ४९ केजी तौल समुहमा प्रतिस्पर्धामा भाग लिएका थिए । गण्डकी प्रदेशबाट १४ जना खेलाडीले सहभागिता जनाएकोमा म्याग्दीका दुई जनाले मात्र पदक दिलाएका प्रशिक्षक प्रधानले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...