माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

Gandaki Pardesh notice
मौवाफाँट, नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । 

कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण राना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत श्रीकृष्ण रिजालले जानकारी दिनुभयो । निर्वाचन अधिकृत रिजाल, ज्येष्ठ कम्युनिष्ट नेता शालिकराम रिजाल, नेकपा माओवादीका रघुगंगा इन्चार्ज रिम कटुवाल लगायतले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई अविर, माला लगाएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले रघुगंगामा माओवादीको संगठनलाई बलियो बनाउने र आगामी स्थानीय निर्वाचनमा पार्टीको पक्षमा नतिजा ल्याउनेतर्फ पहिलो प्राथमिकतामा राखेर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाउनुभएको थियो ।


अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विनोद केसीले माओवादीको एजेण्डाका कारण देश संघीय संरचनामा जान सम्भव भएको बताउँदै माओवादीकै नेतृत्व स्थापित नभएसम्म संघियता, धर्मनिरपेक्षता, समावेसि प्रतिनिधित्व लगायतका एजेण्डा संस्थागत नहुने बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएका केसीले आगामी निर्वाचनमा पार्टीको शसस्त उपस्थितिका निम्ती संगठनलाई बलियो बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


कार्यक्रममा रघुगंगा इन्चार्ज रिम कटुवालले रघुगंगा क्षेत्रमा विकास निर्माणका लागि पार्टीले प्रदेश र संघीय सरकार मार्फत समेत उल्लेख्य प्रयन्तहरु गरेको बताउँदै जनताका वास्तविक समस्याहरुको माओवादीले उचित सम्बोधन गर्ने बताउनभयो । कार्यक्रममा युवा नेता घनश्याम परियार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा पार्टीको रघुगंगा गाउँपालिकाको– १ का अध्यक्ष खिमबहादुर पुर्जा, २ का अध्यक्ष बिरबहादुर कटुवाल (बालकृष्ण), ३ का अध्यक्ष रमेश शर्मा (नारायण), ४ का अध्यक्ष बिबहादुर पुन, ५ का अध्यक्ष भिमबहादुर बिक र ६ का अध्यक्ष सन्तोष बिक र ८ का अध्यक्ष चित्र घर्तिले वडामा पार्टीको अवस्थाबारे जानकारी गराउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष भण्डारीको अध्यक्षता, गोविन्द रिजालको स्वागत र सचिब शेरपुञ्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला सदस्य भविन्द केसी र एमालेका गाउँकमिटीका भब केसीको नेतृत्वमा एक दर्जन नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए । उद्घाटन कार्यक्रम अघि मौवाफाँटमा बाजागाजा सहित ¥याली समेत गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...