![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ ।
बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान बिक चयन हुनुभएको छ ।
गण्डकी प्रदेश अधिबेशन प्रतिनिधीमा पदम पुन, सेरबहादुर केसी, ज्योती लामिछाने, कृष्ण कार्की, लक्ष्मण शर्मा, नगेन्द्र केसी, बिरसिंह केसी र गणेश सुबेदी लगायत चयन हुनुभएको छ । अधिबेशनको उद्घाटन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन भ्रष्ट्राचार, बिभेद, बेतिथि, ढिलासुस्तिका बिरुद्ध आवाज उठाउन र भण्डाफोर गर्नुपर्ने बताउनुभयो । अधिबेशन शुरु हुनुअघि बेनी बजारमा दश वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए ।
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2021/11/Sher-bahadur-KC.jpg)
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)