माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

Sinchai Khanipani notice

बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।

बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका रोका शिक्षण पेशा छाडेर राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

Shreekrishna hardwear in news

उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिबमा तिर्थलाल बिक, सहसचिबमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतिलाल पौडेल चयन हुनुभएको छ । चन्द्रप्रसाद बुढा, पुनम खड्का र याम रोका प्रदेश प्रतिनिधीमा छनौट हुनुभएको छ ।

Bhautik ministry notice about road

अधिबेशनलाई सम्बोधन गर्नुहुदै माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिक एमालेका नेताहरुले नेतृत्व गरेको मंगला गाउँपालिका कमिसन र भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको आरोप लगाउनुभयो ।

“चार बर्षसम्म बिकासका नाममा पकेटका कार्यकर्तालाई बजेट बाडेर कमिसनमा रमाएका मंगलाको नेतृत्व गरेकाहरु अहिले पदावधी सकिन थालेपछि बिउ, पाइप, जाली र कार्यक्रमका बाहनामा जनतालाई भ्रममा पार्दैछन्,” उहाँले भन्नुभयो “मंगलाको बेतिथिको भण्डाफोर गर्दै आउने चुनावमा यीनिहरुलाई पराजित गराउन माओवादीले बिचार र नीति लिएर जनताको घरदैलोमा जान्छौ ।”

माओवादी केन्द्र मंगला गाउँपालिकाका सहइञ्चार्ज चन्द्रप्रसाद बुढाथोकीले माओवादी जनयुद्ध र आन्दोलनका कारण आएको गणतन्त्र, संबिधान जोगाउन र संघियताको मर्म अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकार चलाउन माओवादीकै नेतृत्व चाहिने अहिले पालिकाका नेतृत्व गरेकाहरुको असफल ब्यवहारले पुष्टि गरेको बताउनुभयो ।

युवा नेता पुनम खड्काले माओवादी नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त भएको, बेनी–दरबाङ सडक आयोजना कालोपत्रे हुन लागेको, २० युनिट सम्म बिद्युत महशुल छुट भएको, जनयुद्धका घाइते र अपाङ्गको निशूल्क उपचारको ब्यवस्था मिलाइएको बताउनुभयो । यामबहादुर रोकाको अध्यक्षता, कुलप्रसाद पुनको सञ्चालन र मोहनलाल सापकोटाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...