काँग्रेसको केन्द्रिय सदस्यमा बानियाको दाबी

Gandaki Pardesh notice

बेनी । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

केहीदिन यता काठमाण्डौमा पार्टीका नेताहरूसँग भेटघाटमा ब्यस्त बानियाँले शिर्ष नेतृत्वले केन्द्रीय सदस्यमा सघाउने संकेत देखाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

केन्द्रिय सदस्य पदमा उम्मेदवारीका लागी बानियाँले कांग्रेस म्याग्दीको टोलीसँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलाई भेट्नुभएको छ ।
भेटघाटको क्रममा शिर्ष नेतृत्वले टिमभित्रैबाट उम्मेदवारीका लागि सकारात्मक भएको बताएपछि उत्साहित भएर तयारीमा जुटेको संविधानसभा सदस्य बानियाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दिने बारेमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ सहित काठमाण्डौमा रहेका महाधिवेशन प्रतिनिधि, जिल्लाका नेताहरूसँग समेत छलफल गर्नुभएको छ ।

Bhautik ministry notice about road

जिल्ला नेतृत्व समेत उम्मेदवारीमा सकारात्मक देखिएपछि नेता बानियाँ अगाडी बढ्नुभएको हो । बानियाँ पौडेल निकट भएकाले संस्थापन इतर समुहको प्यानलबाट चुनावी मैदानमा उत्रिने तयारीमा हुनुहुन्छ ।

समूहमा नपरे महाधिवेशनमा विजय हुन नसक्ने भएकाले समूहबाट चुनाबमा गएपनि संस्थापन पक्षबाट समेत साथ पाउने अवस्था रहेको उहाँको अपेक्षा छ । उहाँले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबी गर्नुभयो ।

बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । बि.स. २०४७ मा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा सदरमुकाम बेनीबजार रहेको अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

म्याग्दी काँग्रेसमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व गरिसक्नुभएको छ । बि.स. २०६४ मा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनेका बानियाँ दोस्रो जनआन्दोलनको क्रममा प्रहरी हिरासतमा समेत पुग्नुभएको थियो ।

दोस्रो संबिधानसभामा बानियालाई सरकारले संबिधानसभा सदस्यमा मनोनिति गरेको थियो । म्याग्दीमा हालै सम्पन्न जिल्ला अधिवेशनमा नेता बानियाँ संस्थापन र इतर समुहको साझा उम्मेदवारको रुपमा महाधिवेशन प्रतिनिधिमा विजय हुनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...