म्याग्दीका पाँच नेता एमालेको केन्द्रिय कमिटीमा आकाक्षी

Gandaki Pardesh notice

बेनी । म्याग्दीका पाँच जना नेताले नेकपा एमालेको चितवनमा हुन लागेको १० औ राष्ट्रिय महाधिबेशनबाट चयन हुने केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको छ ।

वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटीको सचिवालय सदस्य नवराज शर्मा, नरदेबी पुन र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले केन्द्रिय कमिटीमा आंकाक्षी देखिनुभएको हो ।

Bhautik ministry notice about road

सबै नेताहरु तत्कालीन नेकपा र अहिलेको एमालेमा अध्यक्ष ओली निकट मानिनुहुन्छ । एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले थापाद्धय, शर्मा पुन र श्रेष्ठ केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको बताउनुभयो ।

Shreekrishna hardwear in news

थापाद्धय प्रतिनिधीसभा सदस्य हुनुहुन्छ । शर्मा र पुन संबिधानसभाका सदस्य हुनुहुन्छ । पुन गण्डकी प्रदेशसभाको सांसद पनि हुनुहुन्छ । श्रेष्ठ जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

नेता र महाधिबेशन प्रतिनिधीहरुसँग आकाक्षा ब्यक्त गरेपनि उहाँहरुले औपचारिक रुपमा उमेद्वारी घोषणा भने गरिसक्नुभएको छैन् । अध्यक्ष ओलीको निर्णयको पर्खाइमा रहेका बताइएको छ । शुक्रबार देखि चितवनमा हुने महाधिबेशनमा भाग लिन म्याग्दीबाट पनि नेता कार्यकर्ताहरु गाडी रिजर्भ गरेर गएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...