धौलागिरि खबर

म्याग्दीका दन्द्धपिडितलाई परिचयपत्र बितरण

Hariyali Groups Pvt Ltd

बेनी । म्याग्दीका दन्द्धपिडितहरुलाई परिचयपत्र बितरण गरिएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा राज्य र बिद्रोही पक्षबाट पिडित बनेकाहरुलाई परिचय पत्र बितरण गरिएको हो ।

Chadani auto head

परिचय पत्र पाउने मापदण्डमा परेका म्याग्दीका १३ जना मध्य ६ जनालाई परिचयपत्र उपलब्ध गराइएको आयोगकी सदस्य मन दाहालले जानकारी दिनुभयो । अन्य पिडितहरुले पोखरा र काठमाडौ स्थित आयोगको कार्यालयबाटै परिचय पत्र लिएका र लिनलाई सम्पर्क गरेका बताउनुभयो ।

दन्द्धपिडितको पहिचान र सम्मानका लागि सरकारको नीति अनुसार परिचयपत्र उपलब्ध गराइएको सदस्य दाहालले बताउनुभयो । मापदण्डमा पर्ने थप दन्द्धपिडितको पहिचानका लागि जिल्ला प्रशासन र सरोकारवाला निकायसँग बिबरण मागिएको बताउनुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...