म्याग्दी क्याम्पसमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञानको पठनपाठनका लागि सघाउने प्रतिबद्धता

Gandaki Pardesh notice

बेनी । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञान बिषयको पठनपाठन शुरु गर्ने तयारी भएको छ ।

समुदायस्तरबाट सञ्चालित बिश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसले नयाँ बिषय थप गर्न लागेको हो ।

स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञान बिषयको पठनपाठन सञ्चालनका बिषयमा बुधबार बेनीमा स्थानीय तहका पदाधीकारीहरु, क्याम्पस सञ्चालक समिति र प्राध्यापकहरुबीच अन्तरक्रिया भएको छ ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समितिको समन्वयमा म्याग्दी बहुमुखी क्याम्पसले कार्यक्रम आयोजना गरेको थियो । जिसस प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, रघुगंगाका अध्यक्ष भबबहादुर भण्डारी, बेनीका उपप्रमुख सञ्जु बरुवाल, अन्नपूर्णका प्रशासकीय अधिकृत सुरणशर्मा पौडेल र मंगलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना लगायतको उपस्थिति थियो ।

पालिकाको शिक्षा शाखाका अधिकृत र प्रतिनिधीका साथै बेनीका बिद्यालयका प्रअहरु प्नि सहभागी हुनुभएको थियो । छलफलका क्रममा बिज्ञान र कम्प्युटर बिज्ञान बिषयको स्नातक तहको कक्षा सञ्चालनका लागि स्थानीय तहका पदाधीकारीहरुले नीतिगत निर्णय गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

सरोकारवालाहरुको प्रतिबद्धता भएपछि शिक्षा संकायमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञान तथा स्नाकोत्तर तहको शिक्षा संकायमा नेपाली, अंग्रेजी बिषयको पठनपाठन सञ्चालन गर्न त्रिभुवन बिश्व बिद्यालयमा सम्बन्धन माग गर्न लागिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।

त्रिभुवन बिश्व बिद्यालयले दुर्गम र हिमाली जिल्लाहरुका लागि मात्र बिषय थप गर्न प्रस्ताव आव्हान गरेको छ । कार्यक्रममा जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले म्याग्दीमा बिज्ञान र कम्प्युटर बिज्ञान बिषयको स्नातक तहको पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

म्याग्दीमा आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादन गर्न, भएका जनशक्तिको शैक्षिक योग्यता बढाउन र ति बिषय अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बिद्यार्थीको बाध्यता हटाउन स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञान बिषय थप गर्नुपर्ने थापाको भनाई थियो ।

बेनीको प्रकाश माबिमा बिज्ञान बिषयमा दश जोड दुई तहको पठनपाठन हुन्छ । पर्याप्त पुर्बाधार र जनशक्ति भएकाले म्याग्दी क्याम्पसको योजना अनुसार बिषय थप गर्न प्रक्रिया अघि बढाइएको हो । म्याग्दी क्याम्पसमा हाल स्नाकोत्तर तहमा ब्यवस्थापन संकायको पठनपाठन हुन्छ ।

कक्षा ११ देखि स्नातक तहसम्म शिक्षा, मानबिकी र ब्यवस्थापन संकायको पठनपाठन हुने म्याग्दी क्याम्पसले दुई बर्षअघि क्युएए प्रमाणपत्र पाएको थियो । क्युएए प्रमाणपत्र पाएपछि क्याम्पसका बिद्यार्थीको उतिर्णदर र संख्या बढेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...