तीन बुदे सहमति कार्यान्वनयमा बेवास्ता भयो– बिप्लप

Gandaki Kotihome

हतारिएर एकता गर्दैनौ

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिब नेत्रबिक्रम चन्द् (बिप्लप)ले तीन बुदे सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेको बताउनु भएको छ ।

म्याग्दीको बेनीमा बुधबार मगर मुक्तिमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै चन्द्ले सरकार र नेकपा बीच भएको तीन बुदे सहमति कार्यान्वयनमा बेवास्ता गरिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।

Upper Myagdi transmition line notice

‘तीन बुदे सहमति पार्टी एकता, पैसा र पदका लागि होइन,’ उहाँले भन्नुभयो ‘प्रतिबन्ध हटेपनि जेलमा रहेका हाम्रा नेता कार्यकर्ताको रिहाई र झुटा मुद्दा खारेज गर्न बेवास्ता भएको छ ।’

कानुन सिकाउने वकिल र न्यायाधिश आफ्नै नेतृत्व बिरुद्ध आन्दोलन गर्नुपर्ने, दुई–दुई पटक संसद बिघटन हुनु, दुई तिहाई नजिकको बहुमत पाएको सरकार ढल्नु, भ्रष्ट्राचार, बेतिथि बढ्नुमा संसदीय ब्यवस्था दोषी रहेको बिप्लपको ठहर छ ।

बैज्ञानिक समाजवादको अभ्यास गर्न जनमत संग्रह गरेमा प्रतिस्पर्धामा जान तयार रहेको चन्द्ले बताउनुभयो । जनताको समस्या, बैदेशिक हस्तक्षेप, बेतिथिका बिरुद्ध आवाज उठाउने र आफ्ना मुद्दालाई लिएर जनतामाझ जानका लागि सरकारसँग सहमति गरेको चन्द्को भनाई छ ।

Annapurna aarohan ko notice

सर्त सहितको बैदेशिक सहायता लिन नहुने बताउदै चन्द्ले देशका लागि भ्रष्ट्राचार, करछलीका बिरुद्ध आवाज उठाउँदा आफूहरुलाई लगाइएको प्रतिबन्ध जनताले साथ नदिएपछि असफल भएको दाबी गर्नुभयो ।

बाह् बुदे सम्झौताको नाममा माओवादी शक्तिलाई सिध्याउन खोज्ने षडयन्त्र भएको र नेताहरु पनि सोही षडयन्त्रमा फसेकाले जनताको अधिकार खोसिएको तर्क गर्नुभयो । ‘दलाल, पुजिपति र बिदेशीको इसारामा चल्ने सत्ता चाहिएको छैन,’ चन्द्ले भन्नुभयो ‘जनताको अधिकार खोस्नका लागि दमन, षडयन्त्र भयो भने बिद्रोह हुन्छ ।’

चन्द्ले माओवादी घटकहरुबीच सहकार्य गर्दै कम्युनिष्ट एकताको पहल गरिएपनि तत्कालै हतार गर्न नहुने बताउनुभयो । ‘एकता र सहकार्यका लागि नयाँ बिचार, लक्ष्य र उद्देश्यका बिषयमा छलफल हुनुपर्छ,’ उहाँले भन्नुभयो ‘जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सर्त राखेका छौ ।’

हतारमा भन्दा पनि दिर्घकालिन हिसाबले सोचेर एकता गर्नुपर्ने पक्षमा रहेको चन्द्ले बताउनुभयो । सभालाई नेकपाका नेताहरु सन्तोष बुढामगर, उमा भुजेल, रामबहादुर बिक, अनेमसंघ क्रान्तिकारीका सचिब उषा घर्ति घिमिरे,म्याग्दी जिल्ला सेक्रेटरी शुशिला बिक लगायतले सम्बोधन गर्नुभएको थियो । तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जनमुक्ति सेना स्थापना तथा बि.स. २०७१ मंसिर ८ गते नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन आयोजना गरेका हुन् ।

तीन दिनसम्म चल्ने सम्मेलनले मगर मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन गर्ने संयोजक गमबहादुर श्रीसले बताउनुभयो । सम्मेलनको अवसरमा बेनी बजारमा झाँकी सहितको ¥याली निकालेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...