बेनीमा मगर मुक्ति मोर्चाको सम्मेलन सम्मेलन शुरु, बिप्लपले सम्बोधन गर्ने

Gandaki Pardesh notice

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखि बेनीमा शुरु भएको छ ।

नेकपाका महासचिब नेत्रबिक्रम चन्द्ले बेनीको खुल्ला मञ्चमा केही बेरमा उद्घाटन र सम्बोधन गर्ने सम्मेलनको पुर्ब सन्ध्यामा बेनी बजारमा झाँकी सहितको ¥याली निकालेका छन् ।

सम्मेलनलाई नेकपाका महासचिब चन्द्, नेता सन्तोष बुढामगर, धु्रब घिमिरे लगायतले सम्बोधन गर्ने र सामना सांस्कृतिक परिवारका कलाकारको गित तथा नृत्य प्रस्तुत गर्ने जनाइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सम्मेलनमा देशभरबाट प्रतिनिधी पर्यवक्षक आएका छन् । म्याग्दीका साथै छिमेकी बाग्लुङ, पर्वत, कास्की लगायतका जिल्लाबाट कार्यकर्तालाई ¥यालीमा सहभागी बनाएका छन् । तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जनमुक्ति सेना स्थापना तथा पार्टी पुर्नगठन दिवसको अवसर पारेर मोर्चाको सम्मेलन आयोजना गरेका हुन् ।

चन्द्ले बि.स. २०६४ को पहिलो संबिधानसभा चुनावको माओवादीको प्रचार कार्यक्रमलाई बेनीको खुल्लामञ्चमा सम्बोधन गर्नुभएको थियो । यसबिचमा धेरै पटक म्याग्दी आएका बिप्लपले खुल्लामञ्चमा १४ बर्षपछि सम्बोधन गर्न लाग्नुभएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...