बलात्कार आरोपमा एक जना पक्राउ

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलाका एक ब्यक्तिलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मिठौलाका २८ वर्षीय लक्ष्मण किसानलाई ४६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङका अनुसार किसान बिरुद्ध मंसिर ६ गते बलात्कार गरेको आरोपमा पिडितले जाहेरी दिएका छन् ।

Bhautik ministry notice about road

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले किसानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । मंसिर ६ गतेदेखिनै लागु हुने गरी म्याग्दी जिल्ला अदालतबाट मंगलबार सात दिनका लागि म्याद थप गरेर किसानलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

Shreekrishna hardwear in news

पछिल्लो एक महिनायता जिल्ला प्रहरी कार्यालयमा बलात्कार सम्बन्धी चार र करणी उद्योग सम्बन्धी एक वटा मुद्दा दर्ता भएका छन् । बलात्कार सम्बन्धी मुद्दाका ६ जना र करणी उद्योगका एक जना प्रहरी हिरासतमा छन् । साउन महिनायता ८ वटा बलात्कार सम्बन्धी मुद्दा दर्ता भएका छन् ।

बलात्कारबाट पिडित मध्य दुई जना सात बर्षिया बालिका छन् । चेतना स्तरमा भएको बिकासले पिडितहरु खुल्न र कानुनी उपचार खोज्न थालेका प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...