बाढी पहिरो पिडितलाई रेडक्रसको राहत

Gandaki Ghumau

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले मालिका गाउँपालिकाका बाढी पहिरो पिडितहरुलाई राहत बितरण गरेको छ ।

गत बर्खाको बाढी पहिरो प्रभाबित २९ परिवारलाई प्रकोप पुर्नलाभ कार्यक्रम अन्तरगत २९ परिवारलाई रु. पन्ध्र हजार पाँच सय रुपैयाँ नगद, रु. सात हजार मूल्य बराबरको गैरखाद्य राहत सामग्री र रु. तीन हजार मूल्य बराबरको स्वास्थ्य सामग्रीको किटबक्स बितरण गरिएको हो ।

Gunasthariya Shiksya

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, रेडक्रसका केन्द्रिय सदस्य लेखबहादुर हमाल, जिल्ला शाखा संयोजक अमर बानिया, सचिब नवराज पौडेल, गण्डकी प्रदेश उपसभापति बिष्णु रोका, रेडक्रसकर्मी मोतिराज गौतम, पुर्नलाभ कार्यक्रमका प्रतिनिधीहरुको उपस्थितिमा राहत बितरण गरिएको थियो ।

Shreekrishna

घर पुनःनिर्माणका लागि प्रति परिवार रु. तेह् हजार पाँच सय, अस्थायी बसोबासका लागि रु दुई हजार, छ जनालाई पुग्ने गरि भाडा, म्याट्रेस, लत्ताकपडा र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको हो ।

जिल्ला प्रहरी कार्यालयको अभिलेखमा रहेका बाढी पहिरोले घर पूर्ण रुपमा क्षति पुगेका म्याग्दीका ५० घरपरिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम रहेको रेडक्रस जिल्ला संयोजक बानियाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...