किरा फैलिन नदीन झरेका सुन्तलाका दाना ब्यवस्थापन

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा चाइनिज सिट्रोस फ्रुट फलाई किराको संक्रमणबाट झरेका सुन्तलाको दाना ब्यवस्थापन गर्न थालिएको छ ।

म्याग्दीका बगैचामा केही बर्षयता दानाभित्र औसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट फलाई र सिट्रोस ग्रिन किराले कृषकलाई सताएको छ । औसा परेर झरेका सुन्तलाको दाना सुरक्षित ब्यवस्थापन गर्ने र पासो थाप्ने ज्ञान, सिप र प्रबिधी सिकाउन स्थलगत तालिम शुरु गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका–४ बास्कुना र अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकहरुलाई बगैचामै औसाले झरेका दाना, बगैचा ब्यवस्थापन र सरसफाई गर्ने तालिम दिइएको छ । अर्मन, बरंजामा पनि तालिम सञ्चालनको तयारी गरिएको छ । स्थलगत तालिम सञ्चालन गर्न केन्द्रले रु. दुई लाख बजेट बिनियोजन गरेको छ ।

Shreekrishna hardwear in news

यसैगरी स्रिट्रोस फ्रुट फलाई किरा मार्ने खाद्यपासो प्रोटिन बेट र झरेका दाना ब्यवस्थापन गर्ने पलास्टिकको बोरा बितरण गर्न रु. दश लाख बिनियोजन भएको छ । पाँच सय किलोग्राम पलास्टिकको बोरा बितरण गर्ने लक्ष्य राखिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

गत बर्ष प्रोट्रिन बेटको खाद्य पासो राखेको र झरेका दाना ब्यवस्थापन भएको बगैचामा यसपाली किराको प्रकोप घटेकाले अभियानलाई बिस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । पाक्ने बेलामा दाना झर्ने समस्या म्याग्दीमा सुन्तला खेतीमा केही बर्षयता मुख्य चुनौतिको रुपमा देखा परेको छ ।

Bhautik ministry notice about road

सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्याका कारण ठूलो क्षति भएको बेनी नगरपालिका–३ राखुका खिमबहादुर पुनले बताउनुभयो । कात्तिकको अन्तिम हप्तादेखि सुन्तलाको दाना झर्ने समस्या देखिएको कृषकहरुले बताएका छन् । सुन्तला जातका फलफुलको दानाभित्र पसेको औसाले असोज देखि पुष महिनासम्म पहेलो बनाई दाना प्वाल पारेर अथवा दानालाई आफुसँगै भुइमा खसाल्छ ।

कृषकहरुलाई झरेका दाना ब्यवस्थापन गर्न सिकाउने र आगामी बर्ष समस्या आउन नदिन प्रोटिन बेट बितरण गर्न थालिएको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार भुइमा खसेको औसालाई पलास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाइबस्तुलाई खुवाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर ब्यवस्थापन गर्नुपर्ने हुन्छ ।

जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना ब्यवस्थापन गर्ने र चैत बैशाख महिनामा प्रोट्रिनबेट सँगै बिषादी मिसाएर बोटमा छर्कनुपर्ने कृषि प्राबिधिकले बताएका छन् । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो ।

प्रोटिन बेटमा दाना झार्ने किराले मन पार्ने तत्व मिसाइएको हुन्छ । खानेकुरासँगै बिषादी खाएर किरा मर्छ र नियन्त्रणमा सहयोग पुग्छ । रुख सुक्ने समस्या समाधानका लागि बगैचा ब्यवस्थापन र सुकेका हाँगा काटछाट गर्न कृषि प्रसार अधिकृत पाण्डेको सुझाब छ । फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न आग्रह गर्नुभयो । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् ।

७०६ हेक्टरमा सुन्तला जात फलफुलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । ३३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौमा निकासी हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...