झि–टोड्के पदमार्ग र उद्यान निर्माण शुरु

Sinchai Khanipani notice

बेनी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ ।

रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु गरेको हो । वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जिम्मा लिएको निर्माण कम्पनीले झिँ देखि टोड्के जोड्ने पदमार्ग निर्माण शुरु गरेको जानकारी दिनुभयो ।

“गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेका हौ,” उहाँले भन्नुभयो “झिँ हुदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्ग लगायत पुर्बाधार बनाउन लागिएको हो ।”

Shreekrishna hardwear in news

सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रा.लीले भ्याट रकम सहित रु. ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कुल लागत अनुमान रु. एक करोड एक लाख गरिएको थियो ।

Bhautik ministry notice about road

कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म एक सय मिटर भन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिनुभयो । उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतिक्षालय र दृष्य अवलोकन गर्ने स्थल सहितको उद्यान बनाउने योजना छ ।
पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य छ । २०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा बिछ्याइने उद्यान परिसरमा पर्यटकहरु बसेर दृष्य अवलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ ।

पदमार्ग निर्माण भएपछि समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा अवस्थित टोड्केमा झिँ हुदै दृष्य अवलोकन गर्न जान सहज हुने, यात्राअवधी र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पाखोको चिप्लो र भिरालो तथा साघुरो कच्चि पदमार्गमा चिप्लीएर लड्ने समस्या थियो ।

गुराँसको जंगलको बिचमा अवस्थित टोड्केबाट सुर्योदय, धवलागिरी, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्बत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन पुर्बाधार निर्माणमा जोड दिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिब मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ ।

यस बर्ष पदमार्ग र उद्यानका अलावा झिँ हुदै टोड्के जोड्ने सडक स्तरोन्नति र टोड्केमा हाइअल्टीच्युड खेलमैदान निर्माण गर्न ठेक्का आव्हान भइसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । यसअघि गण्डकी प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँ गाउँमा सामुदायिक घरबास सञ्चालन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...