शान्ति समाजमा गौतम, १०८ बरपिपलका बिरुवा रोप्ने संकल्प प्रस्ताब पारित

Gandaki Pardesh notice

बेनी । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ ।

सदस्यहरुमा नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना चयन हुनुभएको छ । साधारणसभाले वातावरणीय स्वच्छताका लागि बेनी बजार आसपासको कालीगण्डकी र म्याग्दी नदी किनारमा १०८ बरपिपलका बिरुवा रोप्ने संकल्प प्रस्ताब पारित गरेको छ ।

Shreekrishna hardwear in news

यसअघि शाखाले बेनीमा कालीगण्डकी सरसफाई अभियान सञ्चालन गरेको थियो । सचिब हरिप्रसाद पौडेलको प्रगति र कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्यको आर्थिक प्रस्ताव छलफलपछि संसोधन गरेर पारित गरेको छ ।

Bhautik ministry notice about road

साधारणसभामा समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले वातावरण संरक्षण गरी मानव सभ्यता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले मानबअधिकारका लागि गुणस्तरीय स्वास्थ्य सेवा र प्रबिधियुक्त शिक्षाका लागि शान्ति समाजले पैरबी गरिरहेको बताउनुभयो ।

समाजका पूर्व सभापति उत्तम पुडासैनीले जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रका बस्तिमा परेको असर पनि मानवअधिकारको मुद्दा बन्नुपर्ने बताउनुभयो । मानिसको बाँच्न पाउने अधिकारका लागि वातावरण संरक्षणमा जोड दिदै सामाजिक समस्याको रुपमा देखिएको लागू औषध दुब्र्यसनी बिरुद्ध अभियान चलाउन सुझाव दिनुभयो ।

समाजका पूर्व वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले म्याग्दीमा वातावरणको संरक्षण गर्न, कालीगण्डकी नदीलाई स्वच्छ बनाउन र पशु, चौपायाको व्यवस्थापनको मुद्दा उठाउनुपर्ने बताउनुभयो ।

काठमाडौं शाखा सभापति भगवान पुडासैनी, म्याग्दी शाखाका पुर्बसभापति ठाकुरप्रसाद शर्मा र लक्ष्मण शर्माले समाजले मानवअधिकारका अतिरिक्त संबिधान, लोकतन्त्रको रक्षा, शान्ति कायम र जनजिबनका मुद्दामा पैरबी गरेको बताउनुभयो ।

शाखाका सभापति नवराज पौडेलको अध्यक्षता, उपसभापति सन्तोष गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...