जनहित माबिका संस्थापक प्रअको निधन्

Sinchai Khanipani notice

जोमसोम । मुस्ताङको जोमसोममा रहेको जनहित माबिका संस्थापक प्रअ दुर्गाबहादुर थापाको निधन भएको छ ।

जनहित माबिको स्थापनाकाल बि.स. २०२५ देखि २०३४ सम्म प्रधानअध्यापकको जिम्मेवारी सम्हालेका भारतको दार्जिलिङ घुमपहाड निबासी थापाको ८२ बर्षको उमेरमा शनिबार कालगतिले निधन भएको हो ।

Bhautik ministry notice about road

संस्थापक प्रअको निधनको शोकमा आइतबार जनहित माबिमा बिदा गरिएको ब्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली बताउनुभयो । मौन धारण गरि शोक ब्यक्त गरिएको थियो ।

Shreekrishna hardwear in news

मुस्ताङको शैक्षिक बिकासमा स्वर्गीय थापाको अतुलनीय योगदान रहेको जनहित माबिका पुर्ब बिद्यार्थी तथा जोमसोमका स्थानीय डा. शैलेन्द्र थकालीले बताउनुभयो ।

थापा प्रअ हुदाँ बि.स. २०२८ को एसएलसी परिक्षामा जनहित माबिका सतप्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए । तत्कालीन शाही सरकारले रु. पचास हजार पुरस्कार दिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...