बालअधिकार दिबसको अवसरमा बक्तृत्वकला

Gandaki Pardesh notice

बेनी । ३२ औ अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार बेनीमा नगर स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कोभिड –१९ का कारण बाल मनोबिज्ञानमा परेको असर र समाधानका लागि सरोकारवालाको भूमिका बिषयक शिर्षकमा भएको प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय माबिका प्रज्वल मल्ल प्रथम, गलेश्वर माबिकी प्रिया शर्मा दितृय, प्रकाश माबिका समिर शर्मा तृतीय र जडभरत शालग्राम संस्कृत माबिका शंकर पौडेल सान्तवना हुनुभएको छ । कार्यक्रममा जिल्लाका विभिन्न १४ वटा मावि बाट २५ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रथम, दृतीय, तृतीय र सान्तवनालाई क्रमश ः रु. पाँच हजार, चार हजार, तीन हजार र दुई हजार नगद र प्रमाणपत्र बितरण गरिएको थियो । बेनी नगरपालिकाको आयोजना र सामाजिक बिकास कार्यालयको समन्यवमा कार्यक्रमको आयोजना गरेका थिए ।
पुरस्कृतहरुलाई बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापा र नगरपालिकाका अधिकृत युवराज थापाले पुरस्कार बितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...